
एजेन्सी : भारतको वाराणसीमा नेपाली युवकको कपाल मुन्डन गरेर जय श्रीराम लेख्ने र नारा लगाउने आरोपमा पुलिसले चार जनालाई नियन्त्रणमा लिएको छ ।
यस घटनमा वाराणसीको भेलूपुर पुलिस स्टेशनमा पाँच जनाविरुद्ध एफआईआर दर्ता भएको छ । वाराणसीका वरिष्ठ पुलिस अधीक्षक अमित पाठकले बीबीसीलाई यस सम्बन्धमा प्रहरीले तत्काल कारबाही गरेका बताएका छन् ।
पाठकले भने, “सामाजिक मिडियाबाट यो घटनाको जानकारी पाएको छ । हामीले तुरुन्तै सम्बन्धित धारामा एफआईआर दर्ता गरेका छौँ । चार जनालाई नियन्त्रणमा लिइसके । जसमा भिडियो बनाउने व्यक्ति पनि समावेस छन् । अरुण पाठक नामका व्यक्तिले यस्तो गरेका जानकारी पाएका छौँ । उनले सामाजिक मिडियामा हालेको बताइएको छ। उनलाई पनि चाँडै नियन्त्रण्मा लिनेछौं ।”
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend