
काठमाडौँ- सत्तारुढ नेकपाको सचिवालय बैठकले पार्टी एकता कायम राख्दै सहमति खोज्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको बैठक थप छलफल गर्ने निष्कर्षका साथ सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
करिब ४ घन्टासम्म चलेको बैठक नेताहरुबीच पार्टीका विवादका विषयमा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक शनिबार साँझ सकिएको हो। आइतबारका लागि तय भएको स्थायी बैठकमा थप छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
सचिवालय बैठकअघि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एक्लाएक्लै वार्ता भएको थियो। नेकपाभित्र शक्ति संघर्ष उच्चतम विन्दुमा पुगेका बेला पार्टी फुटकै संघारमा पुगेको छ। यद्यपि विवाद समाधानका लागि प्रयासहरु जारी छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend