शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

भोलि (सोमबार)देखि सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार

भोलि (सोमबार)देखि सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार

काठमाडौं : सरकारको निर्णयअनुसार भोलि (सोमबार)देखि सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन्।

आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोली ५ साउनदेखि यातायात सञ्चालन गर्ने बताएका हुन् ।

सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । कोरोना संक्रमणको त्रासकाबीच स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय पालना गर्दै यातायात संचालन गरिने भएको हो ।

अहिले पनि साझा यातायात, सुन्दर यातायात, संयुक्त यातायात र मयुर यातायातका साथै माइक्रो र टेम्पुहरु सञ्चालन भइरहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend