
काठमाडौँ : नेपालमा कोरोनाभाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६ सय ९५ अर्थात ६६.२४ प्रतिशत पुगेको हो ।
उहाँका अनुसार आज ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले बितेको २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ४१ जनाको नमुना परीक्षण भएको जानकारी दिनुभयो ।
यसैगरी हालसम्म भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend