शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

पाकिस्तानले लाग्यो पबजीमाथि प्रतिबन्ध

पाकिस्तानले लाग्यो पबजीमाथि प्रतिबन्ध

पाकिस्तानमा पनि त्यहाँको सरकारले मोबाइल इन्टरनेट गेम पबजीमाथि प्रतिबन्ध लगाइएको छ । तर, पाकिस्तानमा यसको विरोध भइरहेको छ ।

टिकटकमाथि पनि प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि उठ्न थालेको छ । प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारमाथि पबजी प्रतिबन्ध गर्ने दबाब थियो । पबजीका कारण पाकिस्तानामा आत्महत्याका घटना बढेको समाचार सार्वजनिक भएका थिए ।

बीबीसी संवाददाता शुमाइला जाफरीका अनुसार करीब दुई हप्ता पहिले लाहौरमा दुई बालकले आत्महत्या गरेका थिए । प्रहरीका अनुसार तिनका आमाबाबुले पबजी खेल्न नदिएपछि उनीहरूले आत्महत्या गरेका थिए।

पबजीका कारण बच्चाहरू बिग्रिनुका साथै उनीहरूको समय बर्बाद भएको अधिकारीहरूले बताएका छन् । दुई बालकले आत्महत्या गरेपछि सामाजिक सञ्जालमा यसबारे चर्को बहस भएको थियो। पाकिस्तानमा जब यसप्रकारको बहस हुन्छ तब त्यसको समाधानका रूपमा यस्ता गेम अथवा एप्स बन्द गर्ने गरिन्छ । पबजी बन्द भएपछि पाकिस्तानमा यसले राजनीतिक रूप लिन सक्ने बीबीसी हिन्दीले उल्लेख गरेको छ । यसअघि नेपालमा पनि पबजीमाथि प्रतिबन्ध लगाइएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend