मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

पहिरोले थुनियो नारायणगढ–मुग्लिन सडक

पहिरोले थुनियो नारायणगढ–मुग्लिन सडक

चितवन : नारायणगढ–मुग्लिन सडकको चारकिलो, कालीखोलामा सोमबार बिहानै पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ ।

संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक बिहान ४ बजेतिर पहिरो गएर थुनिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिरो ठूलो भएकाले सोमबार दिनभरजसो नै सडक अवरुद्ध हुने सम्भावना रहेको बताए । उनले तत्कालका लागि यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् । यो सडकमा दैनिक १० हजारसम्म गाडी गुड्छन् ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार बिहान ४ बजेतिर पहिरो गएको हो । अझै पनि झरी र पहिरो नथामिएकाले सडक खुलाउन सुरु भइसकेको छैन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend