सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

नेविसंघ नेता पौडेल द्वारा स्वास्थ्य चौकीको लागि ४ रोपनी जग्गा निशुल्क हस्तान्तरण !

नेविसंघ नेता पौडेल द्वारा स्वास्थ्य चौकीको लागि ४ रोपनी जग्गा निशुल्क हस्तान्तरण !

बाग्लुङ, नेबिसंघ जिल्ला सचिब श्रीकृष्ण पौडेल द्वारा स्वास्थ्य चौकीको लागि आबश्यक पर्ने ४ रोपनी जग्गा निशुल्क हस्तान्तरण गरेका छन ।जैमुनी नगरपालिका ७ जैदीका स्थायी बासिन्दा समेत रहेका पौडेलले जैमुनी नगरपालिका ७ जैदीमा नेपाल सरकार द्वारा संचालित बाओ शहरी स्वास्थ्य चौकीको भवन निर्माणको लागि सो जग्गा उपलब्ध गराएका हुन् ।

jaidee.jpg

 

स्थानीयले निशुल्क जग्गा उपलब्ध गराउनु पर्ने स्वास्थ्य बिभागको नियामानुसार सम्बन्धित वडा कार्यालयले जग्गा उपलब्ध गराउनुपर्ने दायित्व थियो । तर सो सम्बन्धमा स्थानीय र वडा कार्यालयले चासो नदिई बजेट फ्रिज हुने स्थति आएपछि पौडेलको परिवारले जग्गा उपलब्ध गराएको हो ।

सो ठाउँमा स्थानीयहरुलाई स्वास्थ्य सेवा प्राप्त गर्नको लागि कठिन स्थति थियो अब सो ठाउँमा अस्पताल बनेपछि सहज सुबिधा प्राप्त गर्ने आशा स्थानीयले व्यक्त गरेका छन । पौडेल परिवारले जग्गा उपलब्ध भएसंगै नेपाल सरकारको योजना अनुरुप भबिष्यमा समेत ठुला भवन निर्माणको लागि बाटो खुलेको छ । हाल उक्त ठाउँको भवनलाई खोप केन्द्रको रुपमा प्रयोग गरिएको छ ।

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend