
६ साउन, काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले स्वागत गरेको छ ।
महासंघका महासचिव सरोज सिटौलाले सरकारको निर्णयले ढिलै भएपनि व्यवसायी र यात्रुलाई राहत भएको भन्दै आफुहरु सरकारले तोकेको मापदण्ड पालना गरेर सवारी साधन चलाउन तयार रहेको बताए। उनले भने, ‘अझै अगाडि खुलिदिएको भए हामीलाई राहत हुन्थ्यो, तर भदौ १ गतेबाट हामी लामो दूरीमा तोएिको मापदण्ड पुरा गरेर सेवा दिन्छौं ।’
मन्त्रिपरिषद्को बैठकले अन्तर जिल्ला चल्ने मध्यम तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि मात्र सञ्चालन हुने निर्णय गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend