सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

नारायणगढ–मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध

नारायणगढ–मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध

चितवन : पहिरोका कारण अवरुद्ध भएको करिब ३६ घण्टापछि सूचारु भएको नारायणगढ–मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

सोमबार बिहान करिब ५ बजेतिर चार किलो नजिक खसेको पहिरोका कारण अवरुद्ध सडकखण्ड आज बेलुका ५ बजेबाट एकतर्फी सूचारु भएको थियो ।

तर, सडक खुलेको चार घण्टा नवित्दै पन्ध्र किलो नजिक ठूलो पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

माथिबाट ढुङ्गा खसिरहेको कारण अहिले पहिरो हटाएर सडक सूचारु गर्न सक्ने सम्भावना न्यून रहेकाले उक्त सडकखण्डमा यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend