पोखरा, ६ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका केन्द्रीय अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले वर्तमान सरकारको देश र जनताका लगी अब्बल रहेको बताउनुभएको छ ।
प्रभावकारी पहल कदमीका कारण कोरोना संक्रमण नियन्त्रण हुने क्रममा रहेको जसले गर्दा जनताको सरकार हो भनि आम नागरिकले अनुभुति गरिरहेको बताउनुभएको छ ।
प्रदेश सभामा आफ्नो धारणा राख्दै सांसद पहारीले प्रभावकारी पहल कदमीका कारण कोरोना संक्रमण नियन्त्रण हुने क्रममा रहेको जसले गर्दा जनताको सरकार हो भनि आम नागरिकले अनुभुति गरिरहेको बताउनुभयो ।
नेपाल राष्ट्र बैंकले मौद्रीक नीति जारी गर्दै पर्यटन, यातायात, व्यापार व्यवसायीलगायतका सवै क्षेत्रहरुलाई चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनःकर्जा प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले पर्यटन सँग सम्बन्धीत आयोजना निर्माण र समयमा नै सम्पन्न गर्न वैंक तथा वित्तिय संस्थाबाट सहज रुपमा ऋण प्रवाह गर्ने व्यवस्था गरेकोमा राष्ट्र बैंकलाई विशेष धन्यवाद समेत व्यक्त गर्नुभयो । उत्पाद अभिवृद्धि, रोजगारी तथा उद्यमीलगायतका क्षेत्रमा ५ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने जानकारी गराउँदै उहाँले पर्यटन र यातायात कोभिडको सुरक्षालाई अपनाउँदै सञ्चालनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
कोभिड–१९ ले भन्दा बढी बाढी पहिरोले ज्यान गएको बताउँदै उहाँले सराङ्कोटमा ५ जनाको मृत्यु भएको त्यस्तै माछापुच्छ«े गाउँपालिका तीन जना बच्चाको दुःखद् निधन भएको भन्दै दुःख व्यक्त गर्नुभयो । पोखरा २३ को बाम्दीमा अविरल वर्षाकै कारण हर्पण खोलाको बाँधमा क्षती पुगेर बाम्दी बस्ती पुरै डुवानमा परेको, ५५ घरधुरी उच्च जोखिममा रहेकोले समयमा नै त्यसको व्यवस्थापन नगरे ठूलो मानविय क्षती हुने सम्भावना रहेको भन्दै उहाँले बाढी पहिरो नियन्त्रण गर्न प्रदेश सरकारले संघ र स्थानीय तहबीचमा समन्वय गरी प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो । भू–बनोट र वातावरणीय प्रभावको अध्ययन गरेर मात्रै बाटो खन्ने र घर बनाउने कार्यको व्यवस्थापन गर्न प्रदेश सरकार मार्फत सम्बन्धीत निकायको ध्यानाकर्षण समेत गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘फेवातालको माथिल्लो तटिय सिमसार क्षेत्रको तल दलदल तल पानी र माथि माटो रहेको छ, ती ठाउँहरुमा पुरै परेर वस्ती बस्ने कार्य भइरहेकाले त्यसलाई तत्काल रोक्नुपर्छ । पोखरा ६ र १८ को सीमानामा सेती डाँडामा पहिरो खसेको, पोखरा ६ कै खहरेको डाँडा पुरै चिरिएकोले तत्काल उक्त ठाउँहरुको संरक्षण गर्नुपर्छ ।’
२८ करोडको लागतमा प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा चेक ड्याम बनेको उल्लेख गर्दै उहाँले उक्त स्थानमा आउने ढुङ्गा, गिटी तथा वालुवाबाट प्रत्येक वर्ष करिव १३ करोड भन्दा बढी आम्दानी हुुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘२८ करोडको लागतमा प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा चेक ड्याम बनेको तर हर्पन खहरे खोलाबाट प्रत्येक वर्ष १ लाख ४२ हजार मेट्रिक्टन वालुवा, गिटी वगाएर ल्याई ताल पुर्दै गएको र अहिले सिल्ट्रेसन पोखरीमा जम्मा भएका छन् । प्राविधिकको कुरा अनुसार ति सिल्ट्रेसन पोखरीमा तीन तीन दिनमा वालुवा गिटी निकालिएन भने सिल्टे«सन ड्याम नै फुट्ने खतरा रहेको छ । यसको व्यवस्थापन गर्न सवैले समयमा नै सचेत हुन जरुरी रहेको छ ।’
पोखरा २३ ठूला खेतमा कार्की तहरा डुणेको फाँटमा समेत वस्ती जोखिममा रहेको, सवै शाखा सडकहरु अवरुद्ध रहेकाले तत्काल खोलाई जनजीवन सामान्य बनाउनुपर्नेमा जोड दिँदै उहाँले पोखराका विभिन्न ठाउँहरुका सडकहरुमा खाण्डाखुल्डी रहेको र त्यसलाई पुर्न महानगरपालिका तथा केन्द्रीय सरकारसँगको सहकार्य तथा समन्वयमा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।