
विकास राौनियार, धादिङ : धादिङ्ग जिल्ला अन्तर्गत पृथ्वीराजमार्गमा पहिरोका कारण जनजीवन प्रभावित भएको छ ।
विगत तीन दिनदेखिको अविरल वर्षाका कारण राजमार्गमा पहिरो आउनुका साथै मौवाखोलाले पुलको आधा भाग कटान गर्दा राजमार्ग पूर्ण रुपमा ठप्प भएको छ । राजमार्गसँग जोडिएको ८ घर मध्ये ४ घर पूर्ण रुपमा जवांगखोलाले बगाएको छ । घरमा पालिएको बाख्रा, कुखुरा बाहेक अन्य केही झिक्न नपाएको पीडित पदम राज ठकुरीले बताए ।
जवांगखोला सँगै रहेको एभरेष्ट क्वोरिज प्रा.लि. उद्योग समेत जवांगखोलाले बगाएको छ । त्यस्तै, ९ वटा टिपर, ४ वटा स्काईभेकटरसमेत बगाएकोे छ । पहिरोको कारण ४ जनाले ज्यान गुमाएका छन् भने १ जना घाइते छन् । त्य
त्यसतै ज्यान गुमाउनेहरुमा धादिङ्गको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. ६ काफल गैरीका मिलन खाँड, उनका श्रीमति सम्झना खाँड र छोरी एन्जिला खाँड र धादिङ्ग गजुरी गाउँपालिका वडा नं. ३ बस्ने निरुता पुन रहेका प्रहरीले जनाएको छ ।
एक बालक सीतल चेपाङ्गको धादिङ्ग अस्पतालमा उपचार भइरहेको छ । बाढी पहिरोको कारण खाने पानीको पाइप बगाएको छ । विद्युतमा समेत क्षति हुदा सञ्चार क्षेत्र समेत प्रभावित भएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend