
८ साउन, काठमाडौँ – राष्ट्रिय खेलकुद परिषदमा रिक्त रहेको सदस्य सचिव पदका लागी दौडधुप शुरु भएको छ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लागू भएसँगै तत्कालिन सदस्यसचिव रमेशकुमार सिलवालको पदक निष्क्रिय भएसंगै नयाँ नियुक्तिका लागी सिफारिस समितिले बुधबार तीन जनाको नाम सिफारिस गरिसकेको छ ।
सिफारिसमा परेका तीन जना मध्य पूर्व सदस्य सचिव रमेशकुमार सिलवाल समेत प्रतिस्पर्धामा छन्। त्यसैगरी उनीसंगै नेपाली राष्ट्रिय महिला भलिबल टिमकी पूर्वकप्तान अञ्जु श्रेष्ठ र भलिबलका संघका पूर्वउपाध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य लिलबहादुर थापा मगरको नाम समेत आबेदन परेका सत्ताइस मध्यबाट अन्तिम तीनमा परेको छ ।
अब समितिले सिफारिस गरेका व्यक्तिहरुबाट मन्त्रीपरिषद बैठकले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिबमा एक जनाको नियुक्ति गर्ने छ। तर प्रधानमन्त्री ओलीको जोडबलमा यसअघिनै सदस्य सचिब बनेका रमेश कुमार सिलवाल राखेपको सचिबमा नियुक्ति गर्ने तयारी लगभग टुंगो लागी सकेको छ।
ओलीसंग सिलवालको सम्बन्ध
खेलकुद मन्त्रालयले अन्तिम तीनमा समेत समाबेश गर्न नचाहेका सिलवाल प्रधानमन्त्री कार्यलयको ठाडो आदेशमा अन्तिम तीनमा परेका हुन्। बिगतको कार्यशैलीका कारण खेलकुद मन्त्रीले समेत नरुचाएका सिलवाललाई कुनै हालतमा नदोह्रराउने पक्षमा खेलकुद मन्त्री थिए। तर प्रधानमन्त्री कार्यालयबाट जसरी पनि अन्तिम तीनमा राख्नु भन्ने आदेश आएपछि उनको नाम सिफारिसमा परेको बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्तै निकट रहेका रमेशकुमार सिलवाल तिनै व्यक्ति हुन जसले २०७१ साल मंसिरमा सञ्चालित छात्रवृत्ति कोटाको एमबिबिएस परिक्षामा प्रश्नपत्र किन बेचको धन्दा चलाएका थिए ।
विद्युतीय चिप्स प्रयोग गरी एमबिबिएस लगायत मेडिकल क्षेत्रका परिक्षामा प्रश्नपत्र बेचेको र बिद्यार्थीबाट जनही १० लाख लिई करौडौ कुम्ल्याउने योजनाका साथ परिक्षा हुनु अगाबै प्रश्नपत्र आउट गराएका थिए ।
राजधानीको बानेश्वरमा रहेको गोल्डन गेट कलेजका मालिक र तत्कालिन परिक्षका केन्द्राध्यक्ष सिलवालकै निर्देशनमा गोल्डन गेट कलेजका निर्देशक देबिराम पाण्डे मार्फत बिद्यार्थीहरुबाट पैसा उठाएर बिद्यार्थी सिता खनालको नाममा एनआईसी एसिया बैंकको खातामा जम्मा गर्न लगाएको आरोप उनीमाथी छ ।
सिलवालको लुटधन्दामा ओलीको साथ
एमबिबिएस प्रश्नपत्र किनबेच’ धन्दाका मुख्य नाइके रमेश सिलवाललाई बचाउन वर्तमान प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका केपी शर्मा ओली धेरै पहिले देखि लाग्दै आएका थिए ।
गोल्डेन गेट कजेलमा संचालित एमबिबिएसको परिक्षामा विद्युतीय चिप्स पर्योग गरि प्रश्नपत्र बाहिरिएको तथ्य पुतलीसडकको न्याम्स कलेजका संचालक नबिन शर्मा पक्राउ परेपछि सिलवाल नै मुख्य नाईके भएको खुलेको थियो ।
अख्तियार अनुसन्धान आयोग र शिक्षा मन्त्रालयले उनलाई कारबाहीको प्रक्रिया बढाएको सुईको पाएपछि तत्कालिन एमाले अध्यक्ष रहेका केपी शर्मा ओलीको निर्देशनमा गोल्डेन गेट कलेजबाट एक एमाले नेताको सहयोगमा सिलवाललाई सिधै बालकोट स्थित ओली निबासमा लगेर लुकाईएको थियो ।
ओलीकै निर्देशनमा अख्तियार र शिक्षामन्त्रालयलाई प्रभाबमा पारी तत्कालिन समयमा सिलवाललाई बचाएको थियो । राजनीतिक शक्तिको दुरुपयोग गरी मुख्य ब्याक्ति परिक्षाका केन्द्राध्यक्षलाई जोगाएर सो कार्यमा संलग्न अन्य केहि व्यक्तिलाई कारबाहीको प्रक्रिया अघि बढाईयो उनीहरु अहिलेसम्म उक्त घटनामा दोषी बनि कारबाही भोगिरहेका छन् ।
सिलवालमाथी भष्टचारको समेत उजुरी
पूर्व सदस्य सचिव सिलवाल माथी भर्खरै सम्पन्न १३ औ दक्षिण एसियाली खेल (साग) का लागि सामग्री खरिदमा अनियमितता गरेको बिषयमा उजुरी समेत परेको छ।
औपचारिक रुपमा राखेपको सदस्य सचिबमा नियुक्त हुन बाँकी रहेका सिलवालको आबेदन रद्द गर्न माग गर्दै अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष जनक बर्तौलाले खेलकुद मन्त्रालयमा सिलवालमाथि कारबाहीको माग राख्दै उजुरी दर्ता गराएका छन् ।
उजुरीमा सिलवाल माथि १३ औ साग खेलकुदमा प्रतियोगिताका लागि समयमा कार्यविधि तयार गरि नियमित ढंगबाट बोलपत्र प्रकाशित गरी प्रक्रिया अगाडी बढाउनु पर्नेमा उपरोक्त कार्य अगाडी नबढाई अन्तिम समयमा हतार हतार भएको बहानामा नेपाल सरकार मन्त्रीपरिषदले सोझै खरिद गर्नसक्ने निर्णय समेत गलत ब्याख्या गरि पुर्ब सदस्य सचिब सिलवालले आफ्ना ब्यापारिक साझेदार पुरेन्द्र बिक्रम लाखेलाई सम्पूर्ण खरिद कार्यको जिम्मेबारी प्रदान गरि करौडौ रकम हिनामिना गरको आरोप सहितका दर्जौनौ उजुरी परेको भन्दै उनको आबेदन रद्द माग गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend