शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

मौवाखोला पुल मर्मत : नौबिसे-मुग्लिन सडकखण्डमा गुड्न थाले साना गाडी

मौवाखोला पुल मर्मत : नौबिसे-मुग्लिन सडकखण्डमा गुड्न थाले साना गाडी

बिकास रौनियार, धादिङ : पहिराेका कारण चार दिनदेखि बन्द रहेकाे पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे-मुग्लिन सडकखण्डमा साना गाडी चल्न थालेका छन् ।

अविरल वर्षासँगै आएको बाढीपहिरोले भत्काएको पृथ्वीराजमार्गस्थित मौवाखोलाको पुलकाे केही भाग बनाइएपछि नौबिसे-मुग्लिन सडकखण्डमा साना गाडी चल्न थालेकाे हाे ।

अविरल वर्षापछि आएको बाढीले गत सोमबार पुलको धादिङतर्फको एप्रोच रोड (पुल र सडक जोड्ने भाग) करिव ५ मिटर भत्किएको थियो । वर्षा हुन रोकिएसँगै उक्त पुलको मर्मत बुधबारदेखि सुरु गरिएको थियाे ।

अहिले साना सवारी कार, जिप, भ्यान र मोटरसाइकल मात्र आवत-जावत गर्न दिइएको छ । भोलि शनिबारबाट ठूला सवारी पनि आवत जावत हुने इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताउनुभयो । अहिले पनि मर्मतकोे काम चलिरहेको छ । तीन/चार दिनसम्म कुनै पनि गाडी नचल्दा यात्रु भने समस्यामा परेका थिए । पुल भत्किएपछि राजधानीबाट पृथ्वी राजमार्ग हुँदै पूर्वपश्चिम आवागमन ठप्प भएको थियो भने काठमाडौंतर्फ जाने सयौं सवारी साधन मौवाखोलाबाट नै फर्किएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend