सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

न्यायाधीशसहित सप्तरीमा सात जनामा कोरोना संक्रमण

न्यायाधीशसहित सप्तरीमा सात जनामा कोरोना संक्रमण

राजविराज : सप्तरीमा सरकारी वकिलपछि आइतबार एक जना न्यायाधीशमा कोरोना संक्रमण देखिएको छ। आइतबार भएको परीक्षणमा उच्च अदालत जनकपुर, राजविराज इजलासका ५८ वर्षीय न्यायाधीश र ३२ वर्षीय एक प्रहरीसहित सात जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

सप्तरीको तिरहुत गाउँपालिका–२ का ३९ वर्षीय, वडा नम्बर–३ का ३८ वर्षीय, वडा नम्बर–४ का २६ वर्षीय र वडा नम्बर–५ का २८ वर्षीय दुई जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। शनिबार बिहान सात जना र राति राजगढ गाउँपालिका–३ का १८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।

आइतबार थप भएका सात जनासहित सप्तरीमा कोरोना संक्रमितको सङ्ख्या ४ सय ३४ पुगेको स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया इन्स्पेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिए। हालसम्म सप्तरीमा ७ हजार २ सय ५३ जनाको स्वाब संकलन भएकोमा ६ हजार ५ सय ५७ जनाको रिपोर्ट आएको छ। साउन १ गते राजविराज–६ स्थित घरमा बसेका ७३ वर्षीय व्यापारीको मृत्यु भएपछि कन्ट्याक्ट ट्रयाकिङ्ग र ट्रेसिङ्ग गर्दै जाँदा कोरोना समुदायमा फैलिएको पत्ता लागेको थियो। त्यसपछि राजविराजमा कोरोनाको पीसीआर परीक्षण गर्नेहरुको सङ्ख्या ह्वात्तै बढेको छ।

संक्रमित ४ सय ३४ जनामध्ये हाल २३ महिला र ९६ पुरुष गरी १ सय १९ जना मात्र आइसोलेसन केन्द्रमा रहेका छन्। आइसोलेसन केन्द्रबाट २५ महिला र २ सय ८७ पुरुष गरी ३ सय १२ जना निको भइ घर फर्किएका छन्। केही संक्रमित घरमै आइसोलेसनमा छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend