
नेपाली कांँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्वसहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्द राज जोशीलाई पार्टीबाट निस्काशित गरेपछि उनी आक्रोशित बनेका छन । अनुसासन समितिका सदस्य रातोपासपोर्ट काण्डका दलाल र भ्रष्टाचारका नाईके रहेको भन्दै यो कारवाही आफूलाई कदापी मान्य नरहेको उनले बताए । आफू जिल्ला सचिव हुंँदा रामचन्द्र पौडेललाई पार्टीको सदस्यता दिलाएको भन्दै पूर्वाग्रही ढंगबाट गरिएको कारवाहीको कुनै तुक नभएको उनले बताए ।‘मैले ३५ सालमा रामचन्द्रलाई मैले पार्टी सदस्य बनाको हो, उनले भने म त्यतिबेला जिल्ला सचिव थिएंँ। मैले बनाको सदस्यको कुरा मैले किन मान्ने?’ आफू जन्मैदेखि कांँग्रेस रहेको र प्रत्येक रगतका कणमा कांँग्रेस मिसिएको उनको भनाई छ । अघिल्लो बर्षभएको प्रतिनिधि सभाको निर्वाचनमा जोशीलाई पार्टीलाई असहयोग गरेको गम्भिर आरोप लाग्दै आएको छ । समितिमा धनराज गुरुङ्गजस्ता पासपोर्ट दलाल रहेको र आफूले गृहमन्त्री हुंँदा गुरुङ्गलाई कारवाही गरेको प्रतिशोध आफूमाथि थोपरेको उनको भनाई छ । गिरीजाबाबुको कार्यकालदेखिनै आफू गिरीजा बाबुको समेत विश्वासपात्र रहेकोले पनि अन्य आफूभन्दा कनिष्ठ नेतालाई मान्न नपर्ने उनको तर्क छ । कांँग्रेसपार्टी देउवाले पहिले पार्टी छोडेर अहिले पार्टी सभापति बनेको उनको आरोप छ ।
‘ ०६२ , ०६३ को आन्दोलनको डिजाईन कसको हो अहिलेपनि सोध्नुस ?’उनले भने । आफूले शिक्षा मन्त्री र गृहमन्त्री हुंँदा लाखौं तनहुँबासीको मन जितेकोले उनले पूर्वाग्रही ढंगले पार्टी चलाए पार्टीले ठूलो क्षति बेहोनुपर्ने चेतावनी दिए । आफ्नो झगडियाहरुलाई अनुशासन समितिमा राखेर आफूलाई कारवाही गर्नु नैतिकताले समेत नदिने उनको भनाई थियो ।
‘कांँग्रेसपार्टी कुनै मेशीन होइन ,निष्ठा र निरन्तरता हुनुपर्छ ’ जोशीले भने ।
नेपाली कांँग्रेसका प्रभावशाली तथा बौद्धिक नेताका रुपमा परिचित नेता जोशी गृहमन्त्री हुंँदा भ्रष्टाचारको मुद्धा लागेपछि केही बर्षदेखि केन्द्रीय राजनीतिबाट ओझेलमा परेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend