बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

मंगलबार थप ३११ जनामा कोरोना संक्रमणको पुष्टि

मंगलबार थप ३११ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ : नेपालमा मंगलबार थप ३११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ६३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ३११ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनुभयो ।

अहिले देशका विभिन्न आइसोलेसनमा ५ हजार १ सय ३९ जना संक्रमित उपचाररत रहेका छन् । गत २४ घण्टामा १ सय २१ जना डिस्चार्ज भएका छन् ,भने आजसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९ जना रहेको छ । पीसीआर विधिबाट मंगलबार ५ हजार ३२ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टिनहरुमा १५ हजार ३ सय ३१ जना रहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend