
धादिङ : बाढी पहिरोबाट देशैभरी मानवीय तथा भौतिक क्षति भएको छ, अविरल वर्षासँगै पीडितको संख्या बढदै गइरहेको छ ।
यस अवस्थालाई मध्यनजर गर्दै बाढी–पहिरोले धादिङको बेनिघाट रोराङ गाँउपालिकामा पीडित भएकाहरुको उद्धार तथा राहत कार्यमा लायन्स क्लब मलेखु र नेपाल रेडक्रस सोसाइटी बेनिघाटका स्वयमसेवी सदस्यहरु जुटेका छन् ।
नेपाल रेडक्रस सोसाईटी बेनिघाटका राजेन्द्र कँडेलले बेनिघाट रोराङ गाउँपालिकास्थित सलाङघाटका पीडितलाई उद्धार गर्दै बाढीपहिरो पीडितलाई सहयोग गर्न जुनसुकै बेला पनि रेडक्रस तयार रहेको जानकारी दिए ।
बाढीपहिरोले प्रभावित सबै क्षेत्रहरुमा राहत वितरणमा जुटिरहेको उनले बताए । ‘बाढीले देशैभरी मानवीय तथा भौतिक क्षति पुगेको छ, यस्तो विपतको समयमा हामी पीडितसँगै छौँ’, लायन्स क्लब इन्टरनेसनल ३२५ बी १ का (पिआरओ) सञ्जय त्रिपाठीले भने, ‘पीडितको उद्धार तथा राहत कार्यमा हामी एकजुट भएर पीडितको उद्धार गर्दै आएको छौँ ।
त्यस्तै, लायन्स क्लब मलेखुले बाढीपहिरोपीडितलाई राहत वितरण गरेको छ । लायन्स क्लब मलेखु टाउन र रेडक्रस सोसाइटी बेनिघाटको सहकार्यमा उक्त राहत वितरण गरिएको हो । बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ अन्तर्गत सलाङ्घाट र मालिङ्गामा ४ जना भन्दा बढी, बाढीपहिरो पीडित घरपरिवारलाई राहत चामल, तेल, चिनी, जिरा, नुन, आदि वितरण गरेको र अझै उद्धार तथा राहत कार्य जारी रहेको लायन्स क्लब अफ मलेखु टाउनको अध्यक्ष बिदुर त्रिपाठीले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend