बिहिबार, चैत्र ७ २०८१

बिहिबार, चैत्र ७ २०८१

सेनाका पूर्वरथी कूलबहादुर खड्काको निधन

सेनाका पूर्वरथी कूलबहादुर खड्काको निधन

काठमाडौं : नेपाली सेनाका पूर्वरथी कूलबहादुर खड्काको निधन भएको छ । ६९ वर्षीय खड्काको उपचारका क्रममा मंगलबार नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बतायो ।

खड्कालाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानसेनापतीमा नियुक्त गरे पनि त्यसबेलाका राष्ट्रपति रामवरण यादवले अस्वीकृत गरिदिएका थिए । त्यही प्रकरणमा दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनी ५ दिनदेखि नर्भिक अस्पतालमा उपचाररत थिए ।

मंगलबार करिब दिउँसो ४ बजे उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए । उनको केही साताअघि स्टोनको शल्यक्रिया गरिएको थियो । उनको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट