
काठमाडौं : प्रहरी प्रधान कार्यालयमा ३५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा थप १२ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । योसँगै पछिल्ला चार दिनमा मात्रै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित हुनेको संख्या ३५ पुगेको छ ।
गत आइतबार प्रहरी प्रधान कार्यालयमा सवारी र सञ्चार शाखामा कार्यरत ४ जना प्रहरीमा संक्रमण देखिएपछि अन्य प्रहरीको पनि स्वाब परीक्षण गर्दा थप प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता लगातार प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर करिब २ जना प्रहरीमा कोरोना संक्रमण देखिसकेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend