
बिरगंज : पर्सामा बुधबार कोरोना संक्रमण पुष्टि भएका दुईजनाको मृत्यु भएको छ। वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचाररत ६८ वर्षीय र गण्डक कोभिड अस्पतालमा उपचाररत ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
तीमध्ये नेसनल मेडिकल कलेजमा बुधबार बिहान मृत्यु भएका पुरुषको केही समयअगाडि पोजेटिभ पुष्टि भएको कोभिड अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए।
डा. सिंहका अनुसार गण्डक अस्पतालमा अपराह्न ४ बजे मृत्यु भएका संक्रमितलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो। गण्डक अस्थायी कोरोना अस्पतालमा मृत्यु भएका वीरगन्जका ६८ वर्षीय वृद्धमा मुटु र स्वासप्रश्वासको समस्या थियो । मेडिकल कलेजमामा बिहान मृत्यु भएका वीरगन्ज–६ माईस्थान ६५ वर्षीय वृद्ध मिर्गौला र दमका बिरामी थिए ।
योसँगै पर्सामा मात्र कोभिड– १९ का कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । जसमा आठ दिनयता ६ जना कोरोना संक्रमितको मृत्यु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend