शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

उपत्यकामा कोरोनाको जोखिम बढ्यो, समुदायमा फैलिए भयावह हुने

उपत्यकामा कोरोनाको जोखिम बढ्यो, समुदायमा फैलिए भयावह हुने

काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ ।

सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च सतर्कता अपनाउन सीएमसीले सरोकारवालालाई आग्रह गरेको हो ।

यहाँका उद्योग धन्दा, कलकारखाना र सबै कार्यालय सुचारु हुँदा विभिन्न जिल्लाबाट मजदुर आउने क्रम बढेसँगै कोरोनाका सङ्क्रमितको सङ्ख्या वृद्धि भएको सीएमसीको बुझाइ छ ।काठमाडौँ, सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)का सल्लाहकार एवं काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले उपत्यका प्रवेश गर्ने व्यक्तिलाई उच्च निगरानी राख्न जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरिएको बताए ।

काठमाडौँ, सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)का सल्लाहकार एवं काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले उपत्यका प्रवेश गर्ने व्यक्तिलाई उच्च निगरानी राख्न जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरिएको बताए ।

उनले उपत्यकामा कोरोना समुदायमा फैलिए भयावह हुने भएकाले भारतबाट आउने नागरिकको अनिवार्य पीसीआर परीक्षण गराएर मात्र प्रवेश गर्न दिनुपर्ने व्यवस्था कार्यान्वयन गराउनुपर्ने बताए । उपत्यकामा प्रवेश गर्ने व्यक्तिको मोबाइल नम्बर समेतको विवरण प्रत्येक नाकाबाट दैनिक रूपमा जिल्ला प्रशासन र प्रहरीमार्फत अनिवार्य रूपमा उपलब्ध गराउने व्यवस्था गर्नेमा जोड दिइएको छ ।

बन्दाबन्दी खुलेसँगै उपत्यकामा सवारीसाधन र विभिन्न स्थानमा भीडभाड बढ्दै जान थालेकाले सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने र सरसफाइ गर्ने काममा सबैले जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend