सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो, चालक घाइते

भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो, चालक घाइते

चितवन : चितवनको इच्छाकामना ५ स्थित पृथ्वीराजमार्ग अन्तरगतको नाग्दी खोलाबाट डिब्बा गाडी त्रिशुलीमा खसेको छ ।

भाटभटेनी सुपरमार्केटको सामान बोकेर बिराटनगर बाट काठमाडौ तर्फ जाँदै गरेको ना ३ ख ७९८७ नम्बरको डिब्बा गाडी विपरीत दिशा बाट आउदै गरेको ना ६ ख ७६८७ नम्बरको ट्रक संग ठोक्किएर आज विहान ८ बजे त्रिशुली नदिमा खसेको हो । पानी परिरहेको अवस्थामा भएको दुर्घटनामा डिब्बा गाडीको चालक हाम्फालेर बाँच्न सफल भएका छन् भने गाडी पुर्ण रुपमा त्रिशुलीमा डुबेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

हाम फाले ज्यान बचाएका चालक घाइते भएका छन् । घाइते चालकको अहिले हाइवे हस्पिटल मुग्लिनमा उपचार भैरहेको छ । प्रहरीका अनुसार गाडीमा चालक मात्र सवार थिए

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend