मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

नेपाली बजारमा सुनको मुल्य तोलाको ९९ हजार पुग्यो

नेपाली बजारमा सुनको मुल्य तोलाको ९९ हजार पुग्यो

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य बिहीबार नयाँ रेकर्ड कायम गरेर प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्यअनुसार आज सुनको प्रतितोला मूल्य ९९ हजार रुपैयाँ पुगेको छ । हिजो प्रतितोला ९८ हजार ५०० रुपैयाँ तोकिएको थियो । तर, आज तोलामा ५ सय रुपैयाँ बढेको छ । योसँगै नेपाली बजारमा सुनको भाउले किर्तिमान कायम गरेको छ । अब सुनको मूल्य प्रतितोला एक लाख पुग्‍न १ हजार रूपैयाँ मात्र बाँकी छ । यही रफ्तारमा मूल्य बढ्दै गए अबको केही दिनमा प्रतितोला एक लाख पुग्ने निश्‍चित छ । चाँदी तोलाको १२ सय २५ रुपैयाँमा चाँदी कारोबार हुँदैछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend