
प्रहरीले काठमाडौंको कमलादीमा ५ सय ग्राम सुनसहित १५ किलो पहेँलो धातु र २ पेस्तोल छाडेर भागेको स्कार्पियो गाडी ललितपुरको नख्खिपोटमा भेटाएको छ।
मंगलबार काठमाडौंको कमलपोखरीमा स्कर्पियो चेकजाँचका बा ६च ५५१९ नम्बरको स्कार्पियो गाडी भागेको थियो। प्रहरीले पिछा गरेपछि कमलादीमा १५ केजी सुनजस्तै पहेंलो बस्तु र दुई थान पेस्तोल फालेर सो स्कर्पियो भागेको बताएको थियो।
सोहि घटनामा १५ किलो पहेँलाे धातु र २ पेस्तोल छाडेर भागेकामध्ये तीनजना पक्राउ परेका छन्।स्रोतका अनुसार देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेल पक्राउ परेका हुन्। उनीहरु तीनै जना पूर्वीनवलपरासीबाट पक्राउ परेका हुन्।प्रहरी उच्च स्रोतका अनुसार पक्राउ पर्नेमा बा ६च ५५१९ नम्बरको गाडीबाट सुन र पेस्तोल भएको झोला फाल्ने तीन जना छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend