सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

वीरगन्ज महानगरका मेयरलाई कोरोना संक्रमणको पुष्टि !

वीरगन्ज महानगरका मेयरलाई कोरोना संक्रमणको पुष्टि !

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण देखिएको छ । ५४ वर्षीय मेयर सरावगीले फेसबुक पेजमार्फत आफूलाई संक्रमण देखिएको सार्वजनिक गरेका हुन् ।

उनको काठमाडौंमा स्वाब परीक्षण गरिएको हो । उनी गत सोमबार काठमाडौं गएका थिए । ‘वीरगन्जवासीको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयम् कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ ।

मैलै छिट्टै नै कोरोनालाई जित्ने छु’ बिहीबार बेलुका सरावगीले आफ्नो फेसबुक पेजमा लेखेका छन् । सरावगीका प्रेस सल्लाहकार गोविन्द देवकोटाका अनुसार काठमाडौंस्थित उनको अपार्टमेन्टमा उपचारको व्यवस्था मिलाइएको छ । ‘बुधबार बेलुका स्वाब परीक्षणका लागि दिइएको थियो,’ देवकोटाले भने, ‘बिहीबार बेलुका पोजिटिभ रिपोर्ट आएको छ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend