
वीरगन्ज : वीरगन्जमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ।
गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा भारतीय नागरिक ५६ वर्षीया पुरुषको बिहीबार राति ११ बजे मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले पुष्टि गरेका हुन्। उनी , वीरगन्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका सिइओ (प्रमुख कार्यकारी अधिकृत ) हुन्।
मुटु रोगी रहेका उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते गण्डकस्थित कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई कोभिड अस्पतालको आसीयूमा राखिएको थियो। तर बिहीबार दिउँसो अवस्था झन जटील भएपछि उनलाई भेन्टिलेटरमा राखिएको र भेन्टिलेटरमै उपचारका बिहीबार राति साढे ११ बजे मृत्यु भएको कोभिड अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिए। वीरगन्जमै बिहीबार नै कोरोना संक्रमित अरु २ जनाको पनि मृत्यु भएको थियो।
बिहीबार एकै दिन ३ जना संक्रमितको मृत्यु भएसँगै वीरगन्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या १३ पुगेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend