
धादिङ : धादिङ जिल्ला प्रशासनले यात्रु आवतजावतका दिइने सवारी पास अनिश्चितकालका लागि बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै पास बन्द गरेको जनाएको जानकारी दिएका हो ।
प्रशासनका प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितद्वारा हस्ताक्षरित सूचनामा अब पास नदिने जनाइएको छ । काठमाडौं प्रवेश गर्ने देशका विभिन्न स्थानका यात्रुहरूको परीक्षण गर्दा ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको भन्दै पास बन्द गर्ने निर्णय प्रशासनले गरेको छ ।
आन्तरिक रूपमा सार्वजनिक सवारी साधन सञ्चालनमा पनि आएकोले काठमाडौं उपत्यका र अन्तर जिल्लाको आवतजावतमा पास नदिने प्रशासकीय अधिकृत पण्डितले जनाएका छन् । ‘कार्यालयबाट जारी हुने पास हाललाई बन्द गरिएको सर्वासधारणमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ । धादिङ कोरोना संक्रमणको उच्च जोखिममा रहेको जिल्ला हो।
बागमती प्रदेशभर सबैभन्दा बढी संक्रमित देखिएको सूचीको दोस्रो स्थानमा धादिङ पर्छ । बिहीबारसम्म यहाँको संक्रमित संख्या १ सय ४१ पुगिसकेको छ । बिहीबार मात्रै धादिङका थप ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend