
मलेसियाको राजधानी क्वालालम्पुरमा एक नेपाली कामदारमाथि आफ्नै सुपरभाइजरले निर्घात कुटिरहेको दृश्य भाइरल बनेसँगै यसबारे चौतर्फी चासो उठ्न थालेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडिओमा देखिए अनुसार सन्तोष सापकोटा नामका कामदारलाई सुपरभाइजरले लठ्ठीले प्रहार गरिरहेका छन् । तर सन्तोषले प्रतिकार गर्न सकिरहेका छैनन् । उनी सुरक्षागार्ड भएको पनि भिडिओबाट चिनिन्छ । घटनासँगै उनले दूतावासमा उजुरी दिएका छन् । यस्तो भिडिओ गत जुलाई ७ मा सार्वजनिक भएको बताइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend