आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

नेकपालाई फुटाउन एकता गरेको दिनदेखि नै षड्यन्त्र भएको थियो: प्रचण्ड

नेकपालाई फुटाउन एकता गरेको दिनदेखि नै षड्यन्त्र भएको थियो: प्रचण्ड

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेकपालाई फुटाउन एकता गरेको दिनदेखि नै षड्यन्त्र भएको थियो दाबी गरेका छन ।
 
तुल्सीलाल स्मृति दिवसका अवसरमा राजधानीमा शनिबार बिहान भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहाललेदाहालले निर्वाचनमार्फत जनताको अभिमतको नतृत्व गरेको नेकपालाई फुटाउन एकता गरेको दिनदेखि नै षड्यन्त्र भएको बताएका छन् ।
 
पार्टी विवाद समाधानको विकल्प नभएको बताउँदै दाहालले तर विवाद समाधान हुँदा अहिले उठेका बहसलाई ढाकछोप गर्न नसकिने बताएका छन् ।पार्टी एकता गर्दा नै दुवै पार्टीका नेताहरुले त्याग गरेकाले पद प्राप्तीका लागि अहिलेको बहस नभएको दाबी गर्नुभएको हो । ‘अहिलेजस्तो बहस चलेको छ, यो हेर्दा चिन्ता व्यक्त हुन थालेका छन्,’ उहाँले भन्नुभयो, ‘कुनै सामान्य पार्टी भएको भए राष्ट्र र जनताको खासै असर गर्दैन थियो, तर यो त्यस्तो पार्टी होइन, जनताको भरोसाको पार्टी हो, विवाद बहस अस्वस्थ्य हुँदा नकारात्मक असर हुनु स्वभाविक हो, नेतृत्वको झिनाझम्टी, पदका लागि हो कि भन्ने बाहिर भ्रम परेको छ, तर त्यस्तो होइन ।’
 
 
 
 
 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend