सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

पुनः लकडाउन गर्ने सरकारको तयारी

पुनः लकडाउन गर्ने सरकारको तयारी

काठमाडौँ : कोरोना महामारी बढ्दै गएपछि पुनःबढ्दै गएपछि सरकारले आवतजावतमा कडाइ र आवश्यक परेमा लकडाउन सम्मको तयारी गरेको छ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिले काठमाडौँ आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको छ । पछिल्लो समय कोभिड-१९ का बिरामी बढ्दै गएको र परिस्थिति काबुबाहिर गए लकडाउन गर्न सकिने स्वास्थ्य मन्त्रलयका स्रोतले बताए ।

‘हालसम्म लकडाउनको तयारी छैन तर परिस्थिति भड्कियो भने जुनसुकै बेला हुनसक्छ,’ पहिला हामीले खुकुलो गर्दा पनि पछि प्रतिकूल अवस्था भयो भने यो भन्दा कडा लकडाउनको सामना गर्नुपर्ने परिस्थिति आउन सक्छ भनेर भनेकै छौं ।’ वीरगञ्ज लगायतका ठाउँहरूको घटनाले संवेदनशील बनाइरहेको समेत उनले बताए ।

‘आवतजावत र क्वारेन्टिनको मामिलामा एउटा अनुशासन नअपनाउने हो भने अलि गाह्रो होला कि जस्तो भइरहेको छ,’ ‘परिस्थिति यसरी नै बढ्दै गयो भने नियन्त्रणका लागि लकडाउन पनि एउटा उपाय हो तर त्यो मात्रै त भएन। अरु उपाय पनि अवलम्बन गर्छौं। सँगै यसलाई पनि अलि व्यवस्थित गर्नुपर्छ। अहिलसम्म ठीकै छ।’ उनले वीरगंजमा अलि परिस्थिति भड्केला कि जस्तो भएको र पोजेटिभहरूको संख्या पनि धेरै भएकाले अस्पतालको खोजी भइरहेको समेत बताए । उनले चिकित्सकहरूको एउटा टोली पठाएको र त्यहाँको परिस्थितिबारे छलफल भइरहेको जनाए ।

उपत्यकामा विशेषगरी कोभिड-१९ का बिरामी बढ्नेजस्तो संकेत देखिएको छ। त्यसलाई कसरी नियन्त्रण गर्ने समुदायमा फैलिन नदिन के गर्ने भन्ने सिसिएमसीमा पनि छलफल भएको थियो । पर्सिको मन्त्रिपरिषदमा पनि छलफल होला,’ उनले भने,’पिसिआरको मात्रा पनि बढाइएको छ। संक्रमणका आधारमा कुनै एरिया सिलबन्दी गर्न सकिन्छ ।

‘सिसिएमसीले अहिले नै लकडाउन गर्ने बेला नभएको भन्दै मानिसको आवतजावतमा भने कडाइ गर्ने निष्कर्ष निकालेको छ । अति जरुरी भएर नआई नहुनेलाई प्रशासनले हेरेर मात्रै गर्ने भन्ने भएको छ,एसएमएसु (स्यानिटाइजर,मास्क र सोसल डिस्टेन्स)को प्रयोगलाई पालना गरेमा लकडाउन गर्न पर्दैन भन्ने छ ‘ अत्यावश्यक काम नपरी घरबाट निनस्किने र भीडभाडमा नजानका लागि जनता आफैं सचेत बनुन् भन्ने सरकारको चाहना हो ।’ बाहिरबाट आउन कडाइ गर्ने र काठमाडौंमा परीक्षणलाई बढाउने हो भने पूर्ण रूपमा बन्द गर्न जरूरी नरहेको समेत सिसिएमसीको ठहर छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend