आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

पर्सामा कोरोना संक्रमित थप एक महिलाको मृत्यु

पर्सामा कोरोना संक्रमित थप एक महिलाको मृत्यु

पलपर्सा : नारायणी बयोधा अस्पतालमा उपचाररत ६८ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार साँझ मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–१६ नगवा घर भएकी महिलाको साँझ ६ बजे मृत्यु भएको नारायणी अस्थायी कोरोना अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिए । उनका अनुसार शुक्रबार राति ६४ जना कोरोना पोजेटिभ पुष्टि भएकाहरूमध्ये उनी पनि एक हुन् । डा. सिंहका अनुसार ती महिला १४ साउनमा बयोधा अस्पतालमा भर्ना भएकी थिइन् ।

यसअघि शुक्रबार बिहान बयोधा अस्पतालमै उपाचाररत वीरगन्ज– १६ नगवाकै ५० वर्षीया महिलाको मृत्यु भएको थियो । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले साउनमा मात्रै कोरोनाका कारण ११ जनाको मृत्यु भइसकेको छ।

साउनमा मृत्यु भएका ११ जना सबै वीरगन्जकै स्थानीय हुन्। साउनअघि वीरगन्जको अस्पतालमा मृत्यु भएका चारजनामध्ये दुईजना बाराका र एकजना रौतहटका हुन्। ३१ जेठमा वीरगन्जको घन्टाघरमा बेवारिसे अवस्थामा भेटिएको एक संक्रमित शवको भने अझै सनाखत भएको छैन।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend