सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

ट्राफिकमा कोरोना पुष्टि भएपछि बग्गीखाना सिल ! ३७५ जना क्वारेन्टिनमा

ट्राफिकमा कोरोना पुष्टि भएपछि बग्गीखाना सिल ! ३७५ जना क्वारेन्टिनमा

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ बग्गीखानाका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालका अनुसार ३७५ जना ब्यारेक–ब्यारेकमै रहेको जानकारी दिनुभयो ।

अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ । उहाँका अनुसार कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको जानकारी दिनुभयो । महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ ।

३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ । कम प्रेसर भएको ठाउँका ट्राफिक प्रहरीलाई झिकेर बढी प्रेसर भएका ठाउँमा पठाएर मिलाएका महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी ढकालले बताउनु भयो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend