
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३१ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका २२ जना, भक्तपुरका १ जना र ललितपुरका ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ५९७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर २४६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ जना पुगेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend