मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

बीरगञ्जमा पत्रकार र थुनुवासहित ३४ जनामा कोरोना संक्रमण

बीरगञ्जमा पत्रकार र थुनुवासहित ३४ जनामा कोरोना संक्रमण

logoVideo गृहपृष्ठ स्वास्थ्य पर्सामा पत्रकार र थुनुवासहित  काठमाडौँ – वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, थुनुवा र पत्रकार सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुरक्षा सतर्कतामा ध्यान नदिएका कारण संक्रमित बढेको जनस्वास्थ्यविदहरुले बताएका छन् । यसैबीच, पर्साको वीरगञ्जमा आज ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा डाक्टर, सेना र पत्रकार पनि रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन कुमार उपाध्यायले जनाकारी दिनुभयो । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा २८ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेहरु १४ वर्षदेखि ५६ वर्ष उमेर समूहका रहेका छन् । सुर्खेत घर भई नेशनल मेडिकल कलेजको क्वार्टरमा बसेर काम गर्ने २८ वर्षीया महिला डाक्टरमा पनि संक्रमण देखिएको छ । त्यस्तै, वीरगञ्ज ११ रानीघाट घर भइ नारायणी बयोधा अस्पताल गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टरमा पनि संक्रमण देखिएको छ । चण्डीप्रसाद गण वीरगंज घण्टाघरमा कार्यरत एवं शव व्यवस्थापन टोलीमा खटिएका २८, ३० र ३२ वर्षका तीनजना सेना पनि संक्रमित भएका छन् । त्यस्तै एकजना २२ वर्षीय सञ्चारकर्मी र वडा प्रहरी कार्यालय विर्तामा थुनुवामा रहेका २० वर्षे पुरुष पनि संक्रमित भएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend