सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

ग्याङ्ग अफ फोरले पदका लागी पार्टी समाप्त गर्न लागे

ग्याङ्ग अफ फोरले पदका लागी पार्टी समाप्त गर्न लागे

साउन २२, : प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेपाल कम्युनिष्ट पार्टीका प्रचार विभाग उपप्रमुख सुर्य थापाले नेकपा अध्यक्ष प्रचण्डसहितका चार नेताले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाउनु भएको छ ।

नेकपाका चार नेताहरु प्रचण्ड झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ ग्याङ अफ फोरको संज्ञा दिँदै थापाले पार्टी विभाजन र समाप्त पार्ने कसरतमा लागेको उल्लेख गर्नुभएको छ ।

पद बाडफाड गरेर नेता खनाल राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री, नेता नेपाल पार्टी अध्यक्ष र नेता श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री बन्ने दौडमा रहेको उँहाको आरोप छ। १० वर्ष अघि तत्कालीन अध्यक्ष प्रचण्डविरुद्ध मोर्चाबन्दी गर्दा माओवादी विभाजन भएको प्रसंग उल्लेख गर्दै थापाले अहिले धोबीघाट गठबन्धनकै रिहर्सल भइरहेको टिप्पणी गर्नुभएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend