
२३ साउन, काठमाडौं । प्रधाननमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको लाज त जोगाउन आग्रह गरेका छन् ।
शुक्रबार बिहान रिमालले नारायणकाजीलाई मेन्सन गर्दै रिमालले लेखेका छन्- इनफ इज इनफ नारायणकाजी जी। कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘विधी र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्! पार्टी एकताविरूद्धका कुनैपनि गतिविधि कतैबाट पनि नहोस्! मुलुक संवेदनशील मोडमा छ महसुस होस्! अहिले दुबै पक्ष न विवाद सुल्झाएर अघि बढेका छन् न त समाधानका लागि तीव्र छलफलमा नै छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend