मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ४६४ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

अहिले देशका विभिन्न आइसोलेसनमा ६ हजार ३ सय ३० जना संक्रमित उपचाररत रहेका छन् । गत २४ घण्टामा ४ सय २५ जना जना डिस्चार्ज भएका छन् ,भने आजसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको छ ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७० जना रहेको छ । पीसीआर विधिबाट शुक्रबार ७ हजार ९ सय २६ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टिनहरुमा १० हजार २ सय ७ जना रहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend