सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

मास्क लगाउन अटेर गर्नेमा महिलाभन्दा पुरुष धेरै

मास्क लगाउन अटेर गर्नेमा महिलाभन्दा पुरुष धेरै

बागमती प्रदेशमा मास्क नलगाउनेमा महिलाभन्दा पुरुष बढि रहेको एक तथ्यांकले देखाएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले लकडाउन जारी गरिएदेखि हालसम्मको तथ्यांकमा मास्क नलगाउनेमा महिलाभन्दा पुरुष बढी भएको देखाएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय प्रवक्ता सुदिप गिरीले मास्क नलगाई हिँड्ने ४७ हजार ६ सय ७२ जनामध्ये महिलाभन्दा पुरुषको संख्या धेरै रहेको जानकारी दिए ।

मास्क नलगाउनेमा २९ हजार ७ सय ६२ जना पुरुष रहेको र १७ हजार ९ सय १० महिला रहेको प्रवक्ता गिरीले बताए । ‘महिलाहरू बढी संवेदनशील हुने भएका कारणले पनि हुन सक्छ मास्क नलगाउनेमा महिलाभन्दा पुरुष बढी देखिए,’ उनले भने, ‘यस विषयमा पुरुषमा अटेरीपना भएको यो तथ्यांकले देखाएको छ ।’

लकडाउन देखि हालसम्म मास्क नलगाई हिँड्ने ४७ हजार ६ सय ७२ जना भेटिएमध्ये तीमध्ये ४० हजार २२ जनालाई सम्झाइबुझाई छाडिएको, ३ हजार ६ सय जनालाई मास्क वितरण गरिएको र ४ हजार ५० जनालाई जरिवाना तिराएर छाडिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

मास्कको प्रयोगबिना बाहिर निस्कन दिएको निर्देशन विपरीत हिँड्डुल गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीस्वरुप रु १०० जरिवाना लगाइएको छ ।

त्यस्तै गत २२ असारमा गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाई बाहिर निस्कनेलाई एक सय रुपैयाँ जरिवाना गर्न निर्देशन दिएपछि बागमती प्रदेश प्रहरी कार्यालयले गरेको कारबाहीमा मास्क नलगाउनेमा महिलाभन्दा पुरुष बढी देखिएका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend