सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

प्रधानमन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ

प्रधानमन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ

फकाठमाडौं : प्रधानमन्त्री केपी ओलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण आशंकामा शुक्रबार बिहान दिइएको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार प्रधानमन्त्रीसँगै नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईको समेत पीसीआर परीक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको थापाले जानकारी दिए ।

शुक्रबार नै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको पीसीआर परीक्षणका लागि स्वाब दिइएको थियो । उनीहरुकोसमेत रिपोर्टसमेत नेगेटिभ आएको छ ।

नेपालमा कोरोना संत्रमणबाट शुक्रबारसम्म ७१ जनाले ज्यान गुमाएका छन् । २२ हजार बढी संक्रमित छन् भने १५ हजार बढीले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४६४ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ ।

नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार तीन सय ३० रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२५ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ८१४ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन्। नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन्।

अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने सात पुगेको छ। प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो। मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा ६ हजार तीन सय ३० संक्रमित रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार लक्षण भएका संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र १०६ जनामा संक्रमण पुष्टि भएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend