
धादिङ : धादिङको गजुरी गाउँपालिका वडा नम्बर-६ अन्तर्गत आदमघाट बजारमा कोरोना संक्रमण देखिएपछि आज शनिबार देखी बजारका आसपासका क्षेत्रलाई सिल गरिएको छ ।
शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,टेकु काठमाण्डौंमा गरिएको परीक्षणमा आदमघाट निवासी ६२ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको थियो ।
संक्रमित भेटिएपछि अन्य व्यक्तिमा संक्रमण फैलिन नदिन भन्दै गजुरी गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै ३२ गते सम्म आदमघाट बजार र आसपासको क्षेत्रलाई सिल गरेको हो ।
आजैदेखि लागु हुने गरी अर्को सूचना नभए सम्म आदमघाट बजारका अत्यावसकिय बहेकका पसलहरू संचालनमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ । गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले जानकारी दिनुभयो ।
उहाँले स्वास्थ सुरक्षा र कोरोना संक्रमणको जोखिम रोक्न सावधानी अवलम्बन गरी सहयोग गर्न वडाबासीलाई आग्रह गर्नुभएको छ ।
तेस्तै कोरोना संक्रमण बढी रहेको समय विना मास्क घरभन्दा बाहिर हिडिरहेका व्यक्तिहरुमाथि ईलाका प्रहरी कार्यालय गजुरीले पनि कारवाही गर्न सुरु गरेको छ।
ईलाका प्रहरी कार्यालय गजुरी धादिङका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक बिश्व राज खड़काले मास्कको प्रयोगबिना बाहिर निस्कन दिएको निर्देशन विपरीत हिँड्डुल गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने बताए ।
कोरोना सङ्क्रमण निवारण नभएकाले नागरिकलाई भौतिक दूरी कायम गर्न र मास्क अनिवार्य रूपमा लगाउन माईकिंग गरी सूचना गरिएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend