
चितवन : पहिरोका कारण नरायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडकखण्ड अन्तर्गत शनिबार साँझ चितवनको इच्छाकामना–६ स्थित
चोरखोलामा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पनि पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउने काम शुरु गर्न नसकिएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरो हटाउन उपकरण तयारी अवस्थामा पहिरोस्थलमा कार्यालका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । पहिरो झर्ने क्रम रोकिएपछि हटाउने काम शुरु गरिने उनले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend