शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

पोखरामा उपचाररत क्रममा कोरोना संक्रमितको मृत्यु

पोखरामा उपचाररत क्रममा कोरोना संक्रमितको मृत्यु

कास्की : पोखराका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका ६२ वर्षे पुरुषको शनिबार राति मृत्यु भएको हो।

मृतक पुरुष पोखरा १९ का बासिन्दा हुन्। उनी मधुमेहबाट ग्रसित रहेको र आइसियुमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए।

योसहित पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि स्याङ्जाका दुई पुरुषको उपचारको क्रममा क्षेत्रीयअस्पतालकाे आइसोलेसनमा मृत्यु भएको थियो। गण्डकी प्रदेशमा भने मृतकको संख्या ५ पुगेको छ । गोरखा र बागलुङमा पनि एक÷एक संक्रमितको मृत्यु भएको छ

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend