
२६ साउन, काठमाडौं । सुरक्षा सावधानी सहित भदौ १ गते देखि पर्यटक बस चलाउन पर्यटक व्यवसायीहरु तयार भएका छन्।
कोरोना कहरका कारण चैत १० गते देखि शुरु भएको बन्दा बन्दीबाट थन्किएका बसहरुलाई टुरिष्ट बस एसोसियसन अफ नेपालले पूर्ण सुरक्षा सावधानीका चलाउने डेमो प्रदर्शन गरेका छ।
सरकारले सार्वजनिक बस हरु चलाउन गरेको निर्णय अनुसार बिशेष गरेर काठमाडौँ – पोखरा, काठमाडौँ चितवन, काठमाडौँ- लुम्बिनी, काठमाडौँ – जनकपुर चल्ने टुरिष्ट बसलाई ५० प्रतिशत यात्रु घटाउने र ५० प्रतिशत भाडा बढाउने गरी संचालन गर्न लागेको सस्थाको दाबि छ।
यात्रुहरुलाई टुरिष्ट बस पूर्ण सुरक्षित रहेको अनुभूति दिलाउने गरी बस चलाउने व्यवसायी हरु तयार भएका हुन्। भदौ १ गते देखि पोखरा चितवन लुम्बिनी र जनकपुरका लागी ३५ वटा टुरिष्ट बस हरु संचालन हुन् छन।
भिडियो रिपोर्ट
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend