
धादिङ : चीनमा फैलिएको कोरोना भाइरसबाट बँच्न धादिङमा सचेतनासम्बन्धी र्याली गरिएको छ।
आइतबार (२५ साउन) इलाका प्रहरी कार्यालय गजुरी धादिङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङ र बेनिघाट रोराङ गाँउपालिकाको संयुक्त आयोजनामा ऱ्याली निकालिएको हो
बेनिघाट रोराङ गाँउपालिका उपाध्यक्ष देवीप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा आयोजित सचेतना ऱ्यालीमा बेनिघाट रोराङ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष भुवन त्रिपाठीको विशेष आतिथ्यता रहेको थियो ।
भाइरसबाट बच्ने उपाय र यसको लक्षणबारे लेखिएको प्लेकार्डसहित धादिङको मलेखु बजारमा आम नागरिकसहित र्याली निकालिएको बेनिघाट रोराङ गाउँपालिका वडा-३ का वडा अध्यक्ष भुवन त्रिपाठीले बताए ।
उत्त ऱ्यालीमा इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी नायव उपरिक्षक विश्वराज खड्का, प्रहरी निरिक्षक भोजराज पाण्डे, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरिक्षक नेत्रप्रसाद भट्टलगायतको सहभागिता थियो । अगामी दिनमा पृथ्वीराजमार्ग आसपासका क्षेत्रमा निरन्तर रुपमा सचेतना कार्यक्रम सन्चालन गर्ने कार्यक्रमका सन्चालक प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
सो अवसरमा मलेखु बजारमा मास्क नलगाइ निस्फिक्री हिँड्ने सय जनालाई कोरोना भाइरस संक्रमणको जोखिम कम गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय गजुरीले सय थान मास्क वितरण गरेको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend