मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

अध्यागमन विभागका कर्मचारीमा पनि देखियो कोरोना, अत्यावश्यकबाहेकका सेवा बन्द

अध्यागमन विभागका कर्मचारीमा पनि देखियो कोरोना, अत्यावश्यकबाहेकका सेवा बन्द

अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि विभागको सेवा बन्द गरिएको छ । शुक्रबार विभागका कर्मचारी, सुरक्षाकर्मीलगायत ५३ जनाको कोरोना परीक्षण गर्न स्वाब निकालिएको थियो।

सोमबार एक कर्मचारीबाहेक अन्य सबैको रिपोर्ट नेगेटिभ आएको विभागका सूचना अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।कर्मचारीमा संक्रमण देखिएपछि विभागले भिसाको काम स्थगित गरेको छ।

‘अर्को निर्णय नभए सम्मका लागि भिसाको काम स्थगित गरेका छौं। अतिआवश्यक काममात्रै हुन्छ,’उनले भने।त्यस्तै, उनीसँगै काम गर्ने कर्मचारीहरूलाई होम क्वारेन्टिनमा राखिएको छ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend