
काठमाडौं : सोमबार देशका विभिन्न ठाउँमा ३ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३ सय ३८ जना संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ४० जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्। यीसहित हालसम्म १६ हजार ४ सय ९३ जना कोरोनाबाट निको भएका छन्। विगत २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ।
त्यस्तै ७६ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ रहेको मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend