
काठमाडौं उपत्यकाका तीन जिल्लामा मंगलबार थप एक सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित देखिएकामध्ये काठमाडौं जिल्लाका एक सय १०, ललितपुरका १६ र भक्तपुरका आठ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका चार, काठमाडौंका २८ र ललितपुरका एक जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा भक्तपुरका दुई र काठमाडौं २० जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पाटन अस्पतालमा काठमाडौं आठ, ललितपुर आठ, वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंकां तीन, त्रिवि शिक्षण अस्पतालमा भक्तपुरका एक,, काठमाडौं १३ र ललितपुरका एक जनामा संक्रमण देखिएको हो ।
त्यसैगरी नेपाल प्रहरी अस्पतालमा काठमाडौंका पाँच् जना, स्टार अस्पताल सानेपामा काठमाडौंका १४ र ललितपुरका एक जना, बिध प्रयोगशालामा काठमाडौं दुई र ललितपुरका दुई जनामा संक्रमण पुष्टि भएको हो । गौतभमले काठमाडौं मेडिकल कलेजमा काठमाडैंका दुई जना, ह्याम्स अस्पतालमा काठमाडौंका आठ र ललितपुरका एक जनमा संक्रमण पुष्टि भएको बताए ।
भक्तपुरस्थित नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडौंका चार र भक्तपुरका एक जनामा संक्रमण देखिएको हो । त्यसैगरी वीरेन्द्र अस्पतालमा काठमाडौंकातीन जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । भेरी अस्पताल प्रयोगशालामा गरिएकाे परीक्षणमा ललितपुरका दुईजनामा संक्रमण पुष्टि भएकाे हाे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend