
साउन २९ काठमाडौँ, सुन्धारामा प्रहरीले फलो गरेपछि ‘सुन’ र पेस्तोलको झोला छाडेर भागेका इल्ताफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।अन्सारीलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बाराको निजगढबाट पक्राउ गरेको हो ।
साउन १३ मा सुन्धाराबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र पेस्तोलको झोला छाडेर भागेपछि अन्सरीलााई प्रहरीले खोजिरहेको थियो ।सुन्धारामा अन्सारीले चलाएको स्कोर्पियोबाट झरेका निलेश सखियाको साथबाट प्रहरीले साढे १४ किलो सुन लेपन गरेको चाँदी र दुईथान पेस्तोल बरामद गरेको थियो । सुन–चाँदी र पेस्तोल बरामद गरेको थाहा पाएपछि ललितपुरको नखिपोटमा स्कोर्पियो छाडेर ईल्ताफ भागेका थिए ।
बारा घर भएका इल्ताफ भारतीय जाली नोट कारोबारीका नाइके पनि हुन् । जिल्ला अदालत ललितपुरले ०६७ जेठ २६ मा ईल्ताफलाई ३ बर्ष कैद र २ करोड ६१ लाख जरिवाना हुने फैसला गरेको थियो । फैसलाको पाँच बर्षपछि ०७२ जेठ ३० मा उनी सातदोबाटोबाट पक्राउ परेका थिए ।जेलबाट छुटेपछि उनी सुन तस्करीमा सिफ्ट भएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend