
धादिङ : विभिन्न जिल्लाबाट पृथ्वी राजमार्ग हुँदै काठमाडौं उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । धादिङ जिल्लामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने पृथ्वी राजमार्गमा कडाइ गरिएको हो ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले विभिन्न जिल्लाबाट पृथ्वी राजमार्ग हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको जानकारी दिए ।
धादिङ जिल्लामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने पृथ्वी राजमार्गमा कडाइ गरिएको प्रनाउ खड्काले बताए ।
बिहीबार (२९ साउन) देखि अत्यावश्यक बाहेकका सबै यातायात पूर्ण रुपमा बन्द भएको छ । त्रिभुवन राजपथ र पृथ्वीराजमार्गको धादिङ जिल्ला भित्रपर्ने क्षेत्रमा होटल, बैंक तथा वित्तीय संस्था र जिल्लाभित्रका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द रहेका छन् । निषेधाज्ञाको अवज्ञा वा अपहेलना गर्ने वा काममा बाधा पुऱ्याउने व्यक्तिलाई कानुनबमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।
कोरोना भाइरसको कारण धादिङको नीलकण्ठ नगरपालिकामा एक जनाको मृत्यु भएको र संक्रमण स्थानियमा फैलिएको आंशकामा धादिङमा निषेधाज्ञा जारी गरीएको छ । बुधबार बसेको बैठकले बुधबार १२ बजेदेखि लागु हुने गरी ३ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको पहिलो दिन धादिङको सदरमुकाम धादिङबेसी र पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मझिमटार, बेनिघाट, मलेखु, गजुरी, गल्छी, नौबिसे, खानीखोला लगायतका बजार बिहानैदेखि सुनसान बनेको छ । औषधी पसल, फलफुल पसल र खाद्यन्न पसल बाहेर अन्य सम्पुर्ण पसलहरु पुर्ण रुपमा बन्द भएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend