मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

खोइ ! हात धुन राखिएका ड्रममा पानी र साबुन ?

खोइ ! हात धुन राखिएका ड्रममा पानी र साबुन ?

कोरोना महामारीको कहर बढ्दै जाँदा सुरुसुरुमा सडकहरूमा हात धुनका लागि पानीसहितको ड्रम र साबुन राख्ने क्रम ह्वात्तै बढ्यो । 

थुप्रै संघसंस्थाले त्यसका लागि धमाधम हात पनि बढाए, जुन अत्यन्त सराहनीय हो । तर, अहिले कोरोनको संक्रमण ह्वात्तै बढ्दै गएका वेला ती राखिएका ड्रमहरूमा न पानी त न त साबुन कतै भेटिन्छ ।

पृथ्वी राजमार्गमाका विभिन्न ठाउँँमा राखिएका हात धुने स्थानहरूमा यतिवेला साबुपानीविहीन अवस्था सिर्जना भएको छ । सहयोगका हात अघि बढाएका संघसंस्थाहरूले सुरुमा स्थापना गरेको फोटो खिचाए, तर त्यसको निरन्तरतामा चाहिने सहयोग भने गरेनन् । जसका कारण निकै हल्लाखल्ला गरेर स्थापना गरिएका त्यस्ता हात धुने स्थानहरू अहिले सडकमा अर्थहीन बनेका छन् ।

कोरोना भाइरसको संक्रमण देखापर्दै गर्दा पृथ्वी राजमार्गमा विभिन्न स्थानहरूमा साबुनपानीले हात धुने व्यवस्था गरिएको थियो । सुरुवाती दिनमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि साबुनपानीले नियमित हात धुनुपर्ने सचेतना पनि हुने, हात धुँदा संक्रमणको जोखिम पनि कम हुने उद्देश्यले सडकका छेउमा साबुनपानीसहित व्यवस्था गरिएकाे थियो ।

सरकारले पूर्ण लकडाउन गरेको समयमा पनि यो व्यवस्था निकै प्रभावकारी मानिएको थियो । जसमा सर्वसाधारणदेखि प्रहरीले पनि हात धुन्थे ।

लकडाउनको समयमा मानिसको आवतजावतको पनि निकै कम हुन्थ्यो । सार्वजनिक सवारीसाधन चलेका थिएनन् र अहिलको जस्तो संक्रमणकाे दर पनि बढेको थिएन ।

तैपनि आवतजावत गर्नुपर्ने मानिस हात धुने गर्थे जसले गर्दा संक्रमणको दरमा न्यूनता ल्याउन मद्दत पुगेको थियो । 

सम्बन्धित निकायले दिएनन् चासो

हात धुने व्यवस्थापन गर्ने सम्बन्धित निकायले नै पानी हाल्ने देखि त्यसको व्यवस्थापन गर्न चासो देखाएका छैनन् ।

सुरुमा यस्तो व्यवस्था गरेर उद्घाटन गरी हल्लाखल्ला गर्न तँछाडमछाड गरेका ती संस्थाहरू एकपटक पानी हालेर छोडेपछि फर्केर पनि हेर्न गएका छैनन् ।

जुनसुकै निकायले राखेको भए पनि त्यसप्रति चासो नदेखाउँदा सर्वसाधारण हात धुनबाट वञ्चित भएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend